राजनीति


माओवादी जागरण अभियान आज नवलपुरमा

माओवादी जागरण अभियान आज नवलपुरमा

नेपालखबर
बैशाख २, २०८२ मंगलबार ११:५, काठमाडौँ

माओवादी केन्द्रले आज नवलपुरमा जनतासँग माओवादी तराई-मधेस जागरण अभियान सञ्चालन गर्दैछ। 

अभियानकै क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान नवलपरासीको गैँडाकोटमा रहेको खानेपानी आयोजनाको अवलोकन गरेका छन्। 

त्यसक्रममा प्रचण्डसहितका नेताले गैँडाकोट ३, ४ र ८ वडाको संगमस्थल लखनचोकमा अवस्थित सहिद लखन थापाको सालिकमा माल्यार्पणसमेत गरेका प्रचण्डको सचिवालयले जनाएको छ। 

गैँडाकोट पम्पिङ स्किम खानेपानी सरसफाई उपभोक्ता संस्थाको अवलोकन गर्दै प्रचण्डले घोक्रेभाट मुहानबाट पानी ल्याउने विषयमासमेत स्थानीयसँग छलफल गरेका छन्। 

अध्यक्ष प्रचण्डले नव वर्ष २०८२ लाई स्वागत गर्दै आजदेखि फेरि जनताको बस्तीमा पुगेको बताएका छन्। 

सामाजिक सञ्जालमा प्रचण्डले लेखेका छन्, ‘राष्ट्रिय राजनीतिमा देखा परेको संकटमा माओवादी केन्द्रको हस्तक्षेप अनिवार्य बनेपछि केही समय रोकिएको हुलाकी राजमार्ग केन्द्रीत जनतासँग माओवादी तराई(मधेस जागरण अभियानका क्रममा आज नवलपुरका जनताको भव्य स्वागतले हामीलाई झनै उर्जावान बनाएको छ। वर्ष २०८२ उन्नत गणतन्त्र निर्माणको वर्ष हुनेछ। जनताले थप अधिकार प्राप्त गर्ने लोकतन्त्र हुनेछ। हार्दिक शुभकामना!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad