राजनीति


संगठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्छ: विमलेन्द्र निधि

संगठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्छ: विमलेन्द्र निधि

नेपालखबर
चैत २६, २०८१ मंगलबार १२:१८, महेन्द्रनगर (धनुषा)

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। 

आज जनकपुरधामस्थित आफ्नो निवासमा आयोजित एक बैठकमा निधिले आगामी कार्ययोजना र क्षेत्रीय सङ्गठन मजबुत बनाउनका लागि केही नयाँ रणनीति अपनाउनुपर्नेमा जोड दिए। उनले बैठकमा नेपाली कांग्रेसको भविष्यमा सफलताका लागि पार्टीको संरचनामा सुधार र स्थानीय स्तरमा समन्वयमा सुधार ल्याउन महत्वपूर्ण रहेको समेत बताए। 

'नेपाली कांग्रेसको अब गाउँ, नगर र जिल्लामा महत्वपूर्ण भूमिका छ, हामीले जनतासम्म पुग्नका लागि पार्टी संरचनामा सुधार र स्थानीय स्तरमा समन्वयमा सुधार ल्याउन आवश्यक छ,' नेता निधिले भने। बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महेन्द्र यादवले पार्टीको एकता र सङ्गठनलाई बलियो बनाउन निरन्तर संवाद र सहकार्यको आवश्यकता रहेको बताए।

उनले पार्टीको वर्तमान स्थिति र आगामी चुनावका लागि तयारी अवस्थामा रहेको समेत उल्लेख गरे । 'मधेसमा पार्टीको उपस्थिति बलियो बनाउनु हाम्रो प्राथमिकता हो, यसका लागि हाम्रा नेता र कार्यकर्ताले यथासम्भव जनताको समस्यासँग जुध्न आवश्यक छ,' उनले भने। 

प्रदेशसभा सदस्य रामसरोज यादवले मधेस प्रदेशका विभिन्न विकास योजनाको प्रगति र सम्भावनाका बारेमा आफ्ना विचार व्यक्त गरे। मधेसको विकासमा कांग्रेसको भूमिका र योगदानको महत्वलाई रेखाङ्कित गर्दै आगामी समयका चुनौतीलाई स्वीकार्दै पार्टीलाई सशक्त बनाउन सबैलाई एकताबद्ध भएर काम गर्न उनले आग्रह गरे।

बैठकमा कांग्रेस मधेस प्रदेशसभाका प्रमुख सचेतक कुँवरकान्त झाले पार्टीको क्षेत्रीय विकास योजनामा सक्रियता र प्रभावकारिता थप बढाउनुपर्नेमा जोड दिए। बैठकमा सहभागी नेताहरूले आगामी स्थानीय, प्रदेश र सङ्घीय चुनावमा पार्टीको विजयी दृष्टिकोण राख्दै जनसङ्गठनको प्रभावकारी विस्तारमा ध्यान दिनुपर्नेमा सहमति जनाएका छन् ।

बैठकमा कांग्रेसका केन्द्रीय सहमहामन्त्री यादव, पूर्वमन्त्री र मधेस प्रदेशसभा सदस्य, कांग्रेस मधेस प्रदेशसभाका प्रमुख सचेतक झा, जिल्ला अध्यक्ष योगेन्द्र पञ्जियार, जनकपुरधाम उपमहानगरपालिकाका नगर सभापति एवं नगरप्रमुख मनोजकुमार साह र उपप्रमुख किशोरी साहलगायत क्षेत्रीय, जिल्ला तथा नगरका नेताहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad