राजनीति


पार्टी बैठकमा रवि लामिछानेले भने: त्रिशूली तिरैतिर पोखरा लैजाँदा मेरो ज्यान खतरामा थियो

पार्टी बैठकमा रवि लामिछानेले भने: त्रिशूली तिरैतिर पोखरा लैजाँदा मेरो ज्यान खतरामा थियो

नेपालखबर
चैत १८, २०८१ सोमबार १८:११, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनबाट पोखरा लैजाँदा मध्यरातमा लगेको र त्यतिबेला आफ्नो ज्यान जोखिममा भएको बताएका छन्। 

६ महिनापछि पार्टी कार्यालयमा सभापतिकै हैसियतमा फर्किएर बैठकको अध्यक्षता गरेका उनले राज्यले राजनीतिक प्रतिशोध साँधेर दु:ख दिएको बताएका हुन्। 

'हामीले राणा शासन देखेका छैनौँ, पञ्चायत झेल्न परेन तर मलाई यो दौरान राज्यले गर्ने राजनीतिक प्रतिशोध र दिने यातना कस्तो हुन्छ भन्ने पिडादायक अनुभूति गरायो,' उनले भने, 'यो दौरानको समय कति पीडादायक थियो भन्ने सम्झिँदा पनि पीडादायक छ। आजको दिनमा यो लादिएको पिडा र सबै सङ्घर्षहरू केबल राजनीतिक प्रतिशोधको उपज हो भन्ने भाष्य स्थापित भइसकेको छ।'

उनले चितवनबाट पोखरा लैजाँदा आफ्नो डायरी खोसिएको पनि बताए। 

'चितवनबाट मध्यरातमा त्रिशूलीको तिरैतिर लग्दै गर्दा मलाई मार्न खोज्दैन भन्ने लागेको थियो र मेरो ज्यानको खतरा थियो,' उनले भने, 'मेरो डायरी खोसियो र कहाँ जलाइदियो थाहा छैन। नख्खुमा बाढी पहिरोको चपेटामा परेका ४ नागरिक बचाउन भिजिबिलिटी नपुगेको गृह मन्त्रालय र अस्ति तीनकुनेमा ४ हजारलाई सम्हाल्न नसकेको सरकारले सबै शक्ति केबल हामीमा गरिने प्रहारमा प्रयोग गरिरहेको छ।'

सहकारी बचत ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि लामिछानेलाई गत कात्तिक २० गते जिल्ला प्रहरी कार्यालय चितवनबाट रातारात पोखरा पुर्‍याइएको थियो।

कांग्रेस-एमालेको गठबन्धन सरकारले अर्को प्रहार पनि गर्न सक्ने भन्दै उनले सबै सशक्त हुनुपर्ने बताए।  पार्टीको संरचना व्यापक परिवर्तन गर्ने गरी काम गर्न चाहेको पनि उनले बैठकमा सुनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad