राजनीति


यो व्यवस्था भनेको देउवा र ओलीको तन्त्र होइन, गणतन्त्रको झण्डा हामी बोक्छौँ: रवि लामिछाने

यो व्यवस्था भनेको देउवा र ओलीको तन्त्र होइन, गणतन्त्रको झण्डा हामी बोक्छौँ: रवि लामिछाने

नेपालखबर
चैत १८, २०८१ सोमबार १८:३०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गणतन्त्र भनेको जनताको तन्त्र भएको र त्यसको झण्डा आफ्नो पार्टीले बोक्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा ६ महिनापछि सभापतिकै हैसियतमा फर्किएर बैठकको अध्यक्षतामा गर्दै लामिछानेले यस्तो बताएका हुन्। 

'गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र हैन। गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौँ,' उनले भने, 'गणतन्त्रमा पनि सुधार आवश्यक छ, 
यहाँ सबै व्यवस्थाको उत्कृष्टताको परीक्षा दिनुपर्छ, दिएको छ। केही पास भएको छ, केही फेल भएको छ।' हालको संविधान र व्यवस्थाअन्तर्गत सुधारिएको अभ्यास र आवश्यक परिणामको लागि नेतृत्व लिने पनि उनले बताए। 

पार्टीको संगठनमा भारी फेरबदल गर्नुपर्ने र पुनर्संरचना गर्ने चाहना आफ्नो भएको पनि बताए। अरु दलमा अवसर आउने ठाउँ रास्वपा नभएको उनको जिकिर छ। 

'अरू दलमा अवसर नपाएर मात्रै आउने ठाउँ हैन राष्ट्रिय स्वतन्त्र पार्टी, यो देश बनाउनको लागि एक ठाउँमा आएर अभियानमा लाग्ने पार्टी हो,' उनले भने, 'मैले के गर्नुपर्छ भन्नुस्। १५ दिनभित्र के भएन र के गर्नुपर्छ भनेर लिखित रूपमा लेखेर ल्याउनुस्, म पार्टीको लागि २४ घण्टा खट्न, सयौँ किलोमिटर हिँड्न तयार छु।'

साथै, उनले पार्टीले राष्ट्रिय भेलाबाट घोषणा गरेकै समयमा प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आयोजना गर्ने प्रतिबद्धतासहितको निर्देशन पनि दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad