राजनीति


साढे ५ महिनापछि पार्टी कार्यालयमा रवि लामिछाने, बस्यो केन्द्रीय समिति बैठक

साढे ५ महिनापछि पार्टी कार्यालयमा रवि लामिछाने, बस्यो केन्द्रीय समिति बैठक

नेपालखबर
चैत १८, २०८१ सोमबार १६:८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी छ। अपराह्न ४ बजेदेखि बैठक सुरु भएको पार्टी कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए। 

सहकारी ठगी मुद्दामा प्रकाउ परेयता लामिछाने आज पहिलोपटक केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्।  गत कात्तिक २ गते पक्राउ परेका उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलाइएको छ। कास्की जिल्ला अदालतमा सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दर्ता भएको छ भने काठमाडौँ, रूपन्देही र चितवनमा सहकारी ठगीका साथै संगठित अपराधमा मुद्दा चलाइएको छ। पर्सा जिल्ला अदालतमा मुद्दा चलाउन बाँकी छ।

लामिछाने पक्राउ परेपछि रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले नेतृत्व गरिरहेका थिए।  

पहिलो बैठकमा सभापतिले धन्यवाद दिनेलगायत कार्यसूची छ। आजै अर्को केन्द्रीय समिति बैठक बस्दैछ उक्त बैठकले पार्टी र संसद्‌मा पार्टीका तर्फबाट भइरहेका गतिविधिबारे लामिछानले ब्रिफिङ लिनेछन्।   

त्यस्तै लिडरसिप एकेडेमीको फ्लो चार्ट र जनयात्रा कार्यक्रमबारे छलफल हुने झाको भनाइ छ।  आजको बैठकले पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहसबारे छलफल गर्नेछ। 

अधिवेशन/महाधिवेशन कार्यतालिकाबारे छलफल हुने रास्वपाका नेताहरूले बताएका छन्। रास्वपाले आगामी वैशाख २५, २६ र २७ गते पहिलो महाधिवेशन गर्ने भनेर तयारी गरे पनि कार्यतालिकाअनुसार जिल्ला भेला, वडा र पालिका अधिवेशन हुन सकेको छैन। त्यसैले तोकिएको समयमा महाधिवेशन हुने सम्भावना टरेको बताइएको छ। आजको बैठकले नया मिति प्रस्ताव गरेर त्यसमाथि छलफल सुरु गर्ने भनिएको छ।  यीबाहेक अन्य समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad