ग्लोबल


दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु

दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु

नेपालखबर
जेठ २०, २०८३ बुधबार १३:५५, काठमाडौँ

बुधबार बिहान दिल्लीको मालवीय नगरमा रहेको एक रेस्टुरेन्टमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ।

भारतीय अनलाइन दैनिक भास्करका अनुसार मृतकहरूमा मध्य एसिया र अफ्रिकाका नागरिक पनि छन्। यद्यपि अझै मृतक एकिन भइसकेको छैन।

दिल्ली अग्नि सेवा र स्थानीय बासिन्दाका अनुसार, मालवीय नगरमा रहेको लेमन ग्रिन रेस्टुरेन्टमा बिहान ८:५० बजे आगलागी भएको थियो। आगो रेस्टुरेन्ट माथि रहेको होटल फ्लोरिस स्टेसम्म फैलिएको थियो। छ जनाभन्दा बढीलाई बेसमेन्टबाट पनि बाहिर निकालिएको छ।

सार्वजनिक भिडिओमा केही मानिस आफ्नो ज्यान बचाउन जलिरहेको भवनबाट हाम फालिरहेको देखिन्छ।

स्थानीय बासिन्दाले भाग्न मद्दत गर्न भुइँमा गद्दा पनि राखेका छन्। अहिलेसम्म ३७ जनालाई उद्धार गरिएको छ, जसमध्ये धेरै जना गम्भीर अवस्थामा छन्।

दिल्लीको यो होटलमा कसरी आगलागी भयो भन्ने कुरा अझै अज्ञात छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad