इरान र अमेरिकाबिचको तनाव फेरि बढेको छ।
इरानले बुधबार कुवेत र बहराइनमा रहेका अमेरिकी अड्डाहरूमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको हो।
बदलामा अमेरिकी सेनाले क्वेसम टापु र इरानमा रहेका अन्य सैन्य अड्डामा आक्रमण गरेको छ।
अमेरिकी केन्द्रीय कमान्डले विज्ञप्तिमा भनेको छ, ‘इरानले हाम्रा छिमेकी देशहरूविरुद्ध धेरैवटा क्षेप्यास्त्र प्रहार गरेको छ। यद्यपि सबै आक्रमण असफल भए। कुवेतमा प्रहार गरिएका दुई क्षेप्यास्त्र कि आफ्नो लक्ष्यबाट विफल भए कि हावामै नष्ट भए। बहराइनमा प्रहार गरिएका तीन क्षेप्यास्त्रलाई अमेरिका र बहराइनको वायु रक्षा प्रणालीले रोके।’
1.8k
Shares

प्रतिक्रिया