प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ६ वटा विभिन्न उपसमिति गठन गरिएको छ।
बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले उपसमिति गठन गरेको हो। प्रतिनिधि सभा नियमावली अनुसार उपसमितिहरू गठन गरिएको सभापति डा. ओजश्वी शेरचनले जानकारी दिइन्। सबै उपसमिति समितिका सभापतिको मातहतमा रहनेछन्।
बैठकले परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षासम्बन्धी अध्ययन उपसमिति, विज्ञान, प्रविधि तथा नवप्रवर्द्धन अध्ययन उपसमिति, सूचना तथा सञ्चार अध्ययन उपसमिति र खेलकुद अध्ययन उपसमिति गठन गरेको हो।
नवगठित परामर्श तथा समन्वय उपसमितिमा सासदहरू डा. लेखजंग थापा, पुकार बम, प्रभा ढकाल, सीता थपलिया, रिङगला यादव, रमेशकुमार मल्ल, राधिका रम्तेल र महावीर पुन रहेका छन्।
त्यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमितिमा कामिनी कुमारी, डा. चन्द्रमोहन यादव, डा. तोसिमा कार्की, प्रभा ढकाल, रिङकगला यादव र लेखजंग थापा रहेका छन्।
त्यस्तै, शिक्षासम्बन्धी उपसमितिमा गणेश पौडेल, गुरुप्रसाद बराल, जगतप्रसाद जोशी, राधिका रम्तेल र रमेशकुमार मल्ल छन् भने विज्ञान, प्रविधि तथा नवप्रवर्द्धन अध्ययन उपसमितिमा सांसदहरू कुशुम महर्जन, झविलाल डुम्रे, पुकार बम, डा. प्रमिलाकुमारी गच्छदार र महावीर पुन छन्।
यसैगरी, सूचना तथा सञ्चार अध्ययन उपसमितिमा खुशवु सरकार श्रेष्ठ, शम्भुकुमार यादव, रविन महतो, विष्णुबहादुर खड्का र हरिप्रसाद भुसाल रहेका छन्। खेलकुद अध्ययन उपसमितिमा सांसदहरू अच्युतम लामिछाने, चन्दनकुमार सिंह, भीमकुमारी बुढामगर, राजन गौतम र सिता थपलिया रहेको समितिका सचिव दशरथ धमलाले जानकारी दिए।
उपसमितिको संयोजनको जिम्मेवारी सभापति स्वयमले गर्ने व्यवस्था रहेको समितिकी सभापति शेरचनले बताइन्।
Shares

प्रतिक्रिया