राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको कारणमा असन्तुष्टि जनाएको छ।
सोमबार प्रतिनिधिसभामा सम्बोधनका क्रममा ओलीले ‘मन्त्रीप्रति लोयल नहुने कर्मचारीलाई हटाइने’ बताएका थिए।
यही वाक्यांशमा रास्वपाले आपत्ति जनाएको हो। रास्वपाका सांसद मनिष झाले कर्मचारी मन्त्रीप्रति नभएर कानुनप्रति इमान्दार हुने बताए।
'मन्त्रीप्रति लोयल नभएका कारण हटाइयो रे! के कर्मचारीले मन्त्रीप्रति लोयल हुनुपर्ने हो? कर्मचारीले मन्त्रीप्रति लोयल हुने कि देशप्रति ?,'झाले भने, 'राज्यले तोकेको जब डिस्क्रिप्सनप्रति, राज्यले बनाएको कानुनप्रति र संविधानप्रति लोयल हुने कर्मचारी हामीलाई चाहिएको छ।'
उनले प्रधानमन्त्री ओलीलाई शक्ति पृथकीकरणको मान्यता स्वीकार गर्न पनि आग्रह गरे।
Shares

प्रतिक्रिया