प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय राजावादीका शृंखलाबद्ध गतिविधिबारे पूर्वराजा ज्ञानेन्द्र शाहको धारणा मागेका छन्। सोमबार (चैत १८) प्रतिनिधिसभा बैठकमा सम्बोधनक्रममा उनले पछिल्ला प्रदर्शन र हिंसाका विषयमा पूर्वराजाको धारणा माग गरेका हुन्।
'फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृंखलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नु पर्दैन ?,' प्रधानमन्त्री ओलीले प्रश्न गरे।
मानिसलाई मर्न दुरुत्साहन गर्ने व्यक्तिलाई पूर्वराजाले ‘जनकमान्डर’ बनाएको उनले आरोप लगाए। इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक बनेको उनले उल्लेख गरे।
'धनजनको क्षति र लुटपाट – शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुनसक्छ ?,' प्रधानमन्त्री ओलीले भने, 'यी सबै घटनाको मूल जिम्मेवार उहाँ (ज्ञानेन्द्र शाह) हो, उहाँले लिनुपर्छ।'
Shares

प्रतिक्रिया