राजावादी प्रदर्शनको नेतृत्व अब जगमान गुरुङले गर्ने भएका छन्।
नवराज सुवेदीले आफूलाई नजरबन्दमा राखिएकाले आफ्नो अनुपस्थितिमा गुरुङले गर्ने भनी विज्ञप्ति जारी गरेका छन्।
चैत ४ गते राजावादी तथा पूर्वपञ्चहरूको भेलाले ८६ वर्षीय सुवेदीको नेतृत्वमा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ बनाएको थियो। सुवेदी राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष हुन्।
गुरुङ नेपाल संस्कृत विश्वविद्यालय र नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति हुन्।
उनले पूर्वराजा ज्ञानेन्द्र पोखरामा हुँदा पनि राजावादी समूहलाई उक्साएका थिए।
जगमानहरूले ‘असारमा राजा राजगद्दी नचढे शास्त्र जलाइदिन्छौँ’ भनेर उल्क्याएपछि हौसिए ज्ञानेन्द्र

687
Shares

प्रतिक्रिया