राजनीति


गणतन्त्र रक्षाका लागि १५ गतेको प्रदर्शनमा आउन मोर्चाको आह्वान

गणतन्त्र रक्षाका लागि १५ गतेको प्रदर्शनमा आउन मोर्चाको आह्वान

नेपालखबर
चैत १३, २०८१ बुधबार १९:१, काठमाडौँ

समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा गर्ने प्रदर्शनमा उपस्थित हुन आह्वान गरेको छ। 

बुधबार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले १५ गते हुने जनप्रदर्शनमा सहभागी हुन आह्वान गरेको हो। 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले मोर्चाको तर्फबाट १५ गते हुने प्रदर्शनमा सम्पूर्ण गणतन्त्रवादीहरूलाई उपस्थित हुन आह्वान गर्ने निर्णय भएको बताए। 

‘नेपाली जनताको धेरै ठूलो आन्दोलन र त्यागबाट गणतन्त्र स्थापना भएको हो । यद्यपी गणतन्त्रको अभ्यास गर्ने क्रममा केही लिमिटेसन छन् आफ्नै ठाउँमा,' उनले भने, 'जनताले त्यसमा समर्थन पनि गरेका छन् र विरोध पनि गरेका छन् । राजनीतिक पार्टीहरूले पनि महसुस गर्नुभएको छ ।  आत्मसमीक्षाहरू पनि चलिरहेको छ । १५ गतेको कार्यक्रम भनेको प्रतिगमनविरुद्धमा विदेशी षड्यन्त्रविरुद्धमा, प्रतिगामी तत्वविरुद्धमा, यथास्थितिवादीहरूको रवैयाविरुद्धमा सशक्त आन्दोलनको रुपमा यसलाई सम्पन्न गरौँ भन्ने निर्णय गरिएको छ।'

गणतन्त्रको रक्षा चाहने सबैलाई वामपन्थी, कम्युनिष्टहरूलाई समाजवादी मोर्चाको तर्फबाट विशेष अपिल गर्ने निर्णय भएको उनले बताए। 

'देश धेरै अप्ठ्यारो स्थितिमा छ, सामान्य अवस्थामा छैन। सत्ताबाट न्याकिएका शासक जहिले पनि सत्तामा फर्किने कुचेष्टा गरिरहेकै हुन्छन्। दिवा सपना देखिरहेकै हुन्छन्' उनले भने,'राजावादी भन्ने हिजोका भाइभारदारहरू अहिले सल्बलाइरहेका छन् त्यतिमात्रै हो ठूलो कुरा छैन। तर विदेशी शक्तिहरूको पनि उनीहरूप्रति कतै न कतै आशक्ति देखिन्छ। कतै न कतै सर्पोट देखिन्छ यो सिरियस छ।' 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad