समाज


बूढानीलकण्ठबाट ११ जना भारतीय पक्राउ, झण्डै तीन अर्बको जुवा खेलाएको आरोप

बूढानीलकण्ठबाट ११ जना भारतीय पक्राउ, झण्डै तीन अर्बको जुवा खेलाएको आरोप

नेपालखबर
चैत १३, २०८१ बुधबार १९:९, काठमाडौँ

काठमाडौँको बूढानीलकण्ठबाट ११ जना भारतीय नागरिक पक्राउ परेका छन्।

२ अर्ब ९६ लाख रुपैयाँ भन्दा बढी रकमको अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/ खेलाउने तथा अभौतिक मुद्राको कारोबार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।

मंगलबार बेलुका पक्राउ परेका उनीहरूमाथि अनुसन्धान गर्न अदालतबाट ७ दिनको म्याद लिएको छ। पक्राउ पर्नेमा भारतको राजस्थान प्रदेश जयपुर जिल्ला घर भई हाल बूढानीलकण्ठ नगरपालिका ३ देउला टोल बस्ने २४ वर्षका सनी मिणा, २५ वर्षका मोहित वर्मा, २६ वर्षका पिउस भारद्वाज, २५ वर्षका हरकेश डडैया,२२ वर्षका निशांत भारद्वाज र २३ वर्षका आकाश वर्मा रहेका छन्।

यस्तै सोही ठाउँका १९ वर्षीय अंकित कुमार सैनी, २३ वर्षका सन्जु शाकला, २८ वर्षका रामसिंह जाठ, १९ वर्षका लोकेश कुमार र १९ वर्षका विकाश कुमार रहेका छन्।

बूढानीलकण्ठ नगरपालिका ३ देउलाटोलस्थित एउटा घर भाडामा लिइ उनीहरुले अनलाइन जुवा (सट्टाबाजी) खेल्ने, खेलाउने कार्य गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा निजहरुले २ अर्व रुपैयाँ भन्दा बढी रकमको कारोबार हुनेगरी अनलाइन जुवा (सट्टेबाजी) खेल्ने, खेलाउने कार्य गरेको र ९६ लाख ३३ हजार भन्दा बढी रकम बराबरको अभौतिक मुद्रा  क्रिप्टो करेन्सीको कारोबार गरेको प्रहरीको दाबी छ।

उनीहरूको साथबाट प्रहरीले विभिन्न कम्पनीको मोवाईल फोन ३४ थान, ल्यापटप ५ थान, हिसाबकिताबको अभिलेख राखिएको नोट बुक ४ थान, भारतीय बैंक खाताको चेक बुक १४ थान, भारतीय एटीएम कार्ड २७ थान र भारतीय सिमकार्ड ४० थान बरामद गरेको छ। 

यसअघि पनि सोही क्षेत्रबाट पटक पटक भारतीय नागरिकहरु यस्तो कारोबारको आरोपमा पक्राउ परेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad