नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यकाल सकिन ४ महिना मात्र बाँकी रहँदा सरकारले पदबाट हटाएको विरोधमा संसदमा प्रतिपक्षी दलहरूले उठेर विरोध जनाएका छन्।
नेकपा माओवादी केन्द्र, रास्वपा, नेकपा एकीकृत समाजवादीलगायत दलले विरोध जनाएपछि प्रतिनिधि सभाको नियमित कारबाही अघि बढ्न सकेको छैन।
सभामुख देवराज घिमिरेले पटकपटक आग्रह गर्दा पनि विरोधमा उठेका सांसदहरू सिटमा नबसेपछि बैठक स्थगित भएको छ।
बैठकको सुरूमै प्रतिपक्षी सांसदहरू उठेर विरोध जनाउन पुगेपछि सभामुखले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्नका लागि समय दिएका थिए।
उनले चार महिना पनि टिक्न सकिन्न भन्ने त्रासले सरकारले कुलमानलाई हटाएको आरोप लगाए।
चार महिना पनि टिक्न सकिन्न भन्ने त्रासले सरकारले कुलमानलाई हटायो: शक्ति बस्नेत


















126
Shares

प्रतिक्रिया