समाज


इटहरीको सेन्ट्रल प्लाजाको आगलागीमा फसेका ३ जनाको हेलिकप्टमार्फत उद्धार

माथिल्लो तलामा फसेका ८ जनालाई डोरीबाट तल झारियो
इटहरीको सेन्ट्रल प्लाजाको आगलागीमा फसेका ३ जनाको हेलिकप्टमार्फत उद्धार

आगलागीमा फसेका मानिसकाे हेलिकप्टरमार्फत उद्धार हुँदै


सुमन सुस्केरा
चैत १३, २०८१ बुधबार १२:३१, विराटनगर

इटहरीको सेन्ट्रल प्लाजामा आगलागी हुँदा १० तले भवनमा फसेका ३ जनाको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको छ।

इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजामा लागेको आगो नियन्त्रणमा आउन नसकेपछि त्यहाँ अड्किएका ३ जनाको उद्दारकालागि काठमाडाैँबाट नेपाली सेनाको हेलिकोप्टर मगाइएको हो। 

नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरूको उद्धार गरिएकाे काेसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले जानकारी दिए।  नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरूको उद्धार गरी इटहरीस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गराएको थियो।   

प्रदेश सरकारको आग्रहमा गृह मन्त्रालयले उद्धारको लागि हेलिकोप्टर पठाएको हो। अहिलेसम्म  छतमा ३ जना अड्किएकाे खुलेकाे छ। अरू ८ जनाको भने डोरीको सहायताबाट उद्धार भएको प्रहरीले जनाएको छ। छतमा अरु काेही नरहेकाे दाबी प्रहरीले गरेकाे छ। 

१० तले सेन्टर प्लाजामा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। प्लाजाको अग्र भागमा होटल भएको हुँदा एकातर्फबाट मात्र पानीको फोहोरा हान्ने काम भइरहेको छ। 

प्लाजाको पाँचौँ र छैटौँ तलामा बिहान साढे ९ बजेदेखि आगलागी भएको प्रहरीले जनाएको छ। उक्त तलामा क्युएफएक्स सिनेमा हल तथा एक होटल सञ्चालन छन्। होटल रहेको ठाउँबाट आगो लागेको हुनसक्ने प्रहरीको अनुगमन छ। 

आगलागी नियन्त्रणका लागि विराटनगर, इटहरी, दुहबी, रामधुनी, सुन्दरहरैचा लगायतका स्थानीय तहबाट गएका आधा दर्जन दमकल, नेपाली सेना र प्रहरी खटिएका छन्। 

आगलागी भएको भवनमा होटल, सिनेमा हल, बैंक,  सुपर मार्केट, कपडाका पसल, मोबाइल तथा इलेकट्रोनिक्सका ठूला पसल सञ्चालनमा छन्। 

आगलागी भएकोभन्दा माथिल्लो तलामा रहेका ८ जनालाई डोरीको सहायताबाट उद्धार गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad