नेकपा एमालेनिकट जनवर्गीय संगठन प्रेस चौतारीको १०औं महाधिवेशन कोसी प्रदेशको विराटनगरमा जारी छ। जारी महाधिवेशनको उद्घाटन र बन्द सत्र आइतबार नै सकिएका छन्।
सार्वजनिक सूचीअनुसार आज सोमबार निर्वाचनको दिन हो। तर अझै निर्वाचन प्रक्रिया नै सुरु नभएको उपाध्यक्ष राजेश राईले बताए। राईले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन्।
राईले प्रधानमन्त्री केपी शर्मा ओलीसहितको हस्तक्षेपमा निर्वाचन प्रक्रिया सुरु नगरी कार्यसमिति घोषणाको तयारी भएको आरोप लगाए। उनका अनुसार निर्वाचन समिति नै नबनाइ प्रक्रिया अघि बढाउन लागिएको छ।
'एमालेमा लोकतान्त्रिक अभ्यासको अवशान भयो' राईले भने।
पार्टी केन्द्रको हस्तक्षेपमा नयाँ कार्यसमिति घोषणाको तयारी भएसँगै राईको समूह भने समानान्तर समिति निर्माणमा जुटेको छ।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले यो पत्रकार महासंघको निर्वाचन नभएको र चौतारीको महाधिवेशन भएकोले एमालेले हस्तक्षेप गर्ने बताएका थिए।
अध्यक्ष पदको उम्मेदवारका लागि राईसँगै अर्का उपाध्यक्ष गणेश पाण्डे आकांक्षी छन्। बालुवाटारले चुनावै नगरी अध्यक्षमा पाण्डे, उपाध्यक्ष हिरामान लामा, महासचिवमा चेतन अधिकारी र हरिवल्लव नेपाल बनाउन निर्देशन दिएपछि चौतारीभित्र निर्वाचन प्रक्रिया सुरु गर्न हस्ताक्षर अभियान चलाइएको छ।
Shares

प्रतिक्रिया