समाज


प्राविधिक शिक्षा पढ्ने विद्यार्थीलाई नगरपालिकाको छात्रवृत्ति

प्राविधिक शिक्षा पढ्ने विद्यार्थीलाई नगरपालिकाको छात्रवृत्ति

फाइल तस्बिर


नेपालखबर
चैत ११, २०८१ सोमबार १३:५७, तनहुँ

तनहुँको भानु नगरपालिकाले प्राविधिक शिक्षा पढ्ने गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ।

हरेक वडाबाट दुई जनाका दरले २६ जनालाई छात्रवृत्ति प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतमराज भण्डारीले जानकारी दिए।

हरेक विद्यार्थीलाई एक लाख ५० हजारका दरले ३९ लाख रकम वितरण गरिएको भण्डारीले बताए। 

उनले भने, 'प्राविधिक जनशक्ति उत्पादन गरी यसै नगरपालिकामा प्राथमिकताका आधारमा उहाँहरूलाई रोजगारी दिनेसमेत योजना बनाएका छौँ । एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेको अवस्थामा प्रत्येक वर्ष वार्षिक रूपमा एक लाखका दरले पाँच वर्षसम्म पाँच लाख प्रदान गर्ने निर्णय भएको छ।'

नगरपालिकाको पाठ्यक्रममा आदिकवि भानुभक्त आचार्यको जीवनीलगायतका अन्य विषयवस्तु समेटी स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ तयार गरेर कक्षा १ देखि ८ सम्म नगरपालिकाका सबै विद्यालयहरूमा निःशुल्क वितरण गरिएको छ । यस्तो पाठ्यक्रम निर्माण गर्नेमा गण्डकी प्रदेशमै भानु नगरपालिका पहिलो भएको शिक्षा शाखा प्रमुख ध्रुवराज पौडेलले बताए।

सरकारले बालविकास केन्द्रदेखि कक्षा ५ सम्ममा प्रतिव्यक्ति १५ का दरले दिवा खाजाका लागि अनुदान दिँदै आएकोमा नगरपालिकाले पाँच थप गरी प्रतिविद्यार्थी २० पुर्‍याई कक्षा ६ सम्म विस्तार गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad