राजनीति


विवाहको उमेर र सजायसम्बन्धी विधेयक संसदमा पेस गर्दैछौँ : कानुनमन्त्री चौरसिया

विवाहको उमेर र सजायसम्बन्धी विधेयक संसदमा पेस गर्दैछौँ : कानुनमन्त्री चौरसिया

नेपालखबर
चैत १०, २०८१ आइतबार १६:५३, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले केटाकेटीको विवाहको उमेर र सजायबारे विधेयक चालु संसदको चालु अधिवेशनमा पेस हुने बताएका छन्।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले यस्तो जानकारी दिएका हुन्। उनले विवाह उमेर भन्दा कम उमेरमा हुने विवाहबारे हुने सजाय घटाउने गरी सहमति भएको बताए। 

उनले उमेरभन्दा अघि विवाह गरेको भए उमेर नपुगेसम्म अविभावकसँग छुट्टाछुट्टै बस्नुपर्ने र उमेर पुगेपछि विवाह गर्ने वा नगर्ने निर्णय गर्न पाउने व्यवस्था विधेयकमा गरेको बताए। 

नावालिगबीच भएको आपसी सम्बन्धलाई कानूनअनुसार बलात्कार ठहर्ने भएकाले सजाय घटाएर तीन वर्ष कायम गर्ने सर्वोच्चको फैसलालाई विधेयकमा समावेश गरेको उनको भनाइ छ। उनले लिभिङ टुगेदरलगायतका विषयमा हुने विभिन्न मुद्दाका बारेमा छलफल भएपनि कुनै निर्णयमा नपुगेको बताए।

उनले भने, ‘१८ र २० वर्ष केटाकेटीको विवाह  चाहे परिवारको सहमतिमा होस् वा आफैँले गरेको अवस्थामा सजाय घटाइ दिने। जरिबाना दुई चार पाँच हजारमात्रै राख्ने र विवाहको उमेर नपुगेसम्म आफ्नो आफ्नो आमा बाबुसँग बस्ने। छुट्टाछुट्टै बस्ने र विवाहको उमेर २० वर्ष पुगेपछि विवाह गर्ने कि नगर्ने भनेर त्यतिबेला निर्णय गर्ने। ३५ दिनभित्र गर्नुपर्ने निर्णय गर्नुपर्ने बालिग हुनासाथ भन्ने अप्सनमा छलफल गर्दै छौँ।’ 

उनले थपे, ‘नाबालिग केटाकेटीको उमेर ३ वर्षभन्दा कम छ र उनीहरुबीचमा आपसी सम्बन्ध भयो भने कानुनले पनि रेप केस लाग्ने गरेको छ, त्यस्तोमा सजाय घटाएर ३ वर्षसम्म गर्ने सर्वोच्चले निर्णय पनि गरेको छ। यस्तै अन्य लिभिङ रिलेसनका सम्बन्धमा पनि कुरा उठेको छ सहमतिमा जाने र रेप मुद्दा लाग्ने विषयमा अहिले खासै कुरा अगाडि बढेको छैन। तर विवाहको उमेर र सजायको बारेमा यही पार्लियामेन्टमा विधेयक जाँदै छ।’

मन्त्री चौरसियाले विवाहको उमेरसम्बन्धी प्रस्तावमा समिति सदस्यहरुबीच मत बाझिएको बताए। कैदीबन्दीलाई खुला हिरासतमा राख्ने विषयमा पनि विधेयकमा व्यवस्था गरिएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad