राजनीति


राजाबारे ओली, देउवा, दाहाल र भट्टराईको अभिव्यक्ति जवाफ दिन लायक छैन : कमल थापा

राजाबारे ओली, देउवा, दाहाल र भट्टराईको अभिव्यक्ति जवाफ दिन लायक छैन : कमल थापा

नेपालखबर
चैत १०, २०८१ आइतबार १६:५९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाबारे प्रधानमन्त्रीसहित शीर्ष नेताले दिएको अभिव्यक्ति जपाफ दिन पनि योग्य नभएको टिप्पणी गरेका छन्। 

थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल र डा.बाबुराम भट्टराईको अभिव्यक्ति जवाफ दिन योग्य नभएको बताएका हुन्। 

यी शीर्ष नेताले पूर्वराजा र राजसंस्थाको सक्रियताप्रति आपत्ति जनाउँदै चेतावनीहरू दिइरहेका छन्। 
थापाले शीर्ष नेताको अभिव्यक्तिलाई लोकतन्त्रको आवरणमा गरिएको ब्रम्हलुट र विदेशमा लुकाएको सम्पत्ति कसरी जोगाउने भन्ने छटपटी भएको आरोप लगाएका छन्।  

'प्रचण्ड,ओली, देउवा र बाबुरामले राजा र राजसंस्थावारे दिएका पछिल्ला अभिव्यक्तिहरू जवाफ दिन पनि योग्य छैनन्,' उनले भने, 'त्यो उनीहरूको हतास मनस्थितिको उपज र असफलताको प्रमाण हो। लोकतन्त्रको आवरणमा गरिएको ब्रम्हलुट र विदेशमा लुकाएको सम्पति कसरी जोगाउने भन्ने छटपटी हो। जनभावनाको अनादार नगर्न आग्रह छ।'

थापा नेतृत्वको राप्रपा राजसंस्था पुन:स्थापनाका लागि भएको आन्दोलन परिचालन समितिमा पनि सहभागिता जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad