शुक्रबार केजरीवालले दिल्लीमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा रहेको बताउँदै दिल्लीमा कोरोनाविरुद्ध राम्रो व्यवस्थापन गरिएको जानकारी दिए।
आफ्नो सरकारले गरेको व्यवस्थापनले कोरोना संक्रमित सम्हाल्न सक्ने अरविन्द केजरीवालले बताएका हुन्।
कोरोनाविरुद्ध पाँच सदस्यीय कमिटी गठन गरेको जानकारी गराउँदै केजरीवालले आफूहरुले तीन चरणको योजना बनाएको बताए।
उक्त कमिटी र दिल्ली सरकारले त्यसमा काम गरिरहेको र कोरोनाविरुद्ध डटेर लाग्ने केजरीवालको भनाइ छ।
हालसम्म दिल्लीमा ३९ जना कोरोनाबाट संक्रमित बनेका छन्। उनीहरुको राम्रोसँग उपचार भइरहेको जनाइएको छ।
पुरा भारतमा भने ७ सय ६४ कोरोनाबाट संक्रमित छन्। २० जनाको मृत्यु भइसकेको छ। एजेन्सी
अगर दिल्ली में करोना के केस बहुत ज़्यादा बढ़ते हैं तो हमें क्या करना है - हमारी doctors की टीम ने उसका पूरा प्लान बना लिया है। हम किसी भी स्थिति का मुक़ाबला करने के लिए तैयार हैं। आज इस प्लान के मुख्य बिंदु आपके साथ साझा करूँगा। LIVE address https://t.co/rbZHGCRUXM

प्रतिक्रिया