राजनीति


बीआरआई नेपालको हितमा छ : झलनाथ खनाल

बीआरआई नेपालको हितमा छ : झलनाथ खनाल

फाइल तस्बिर


नेपालखबर
चैत ३, २०८१ आइतबार १९:२८, काठमाडौँ

पूर्वप्रधानमन्त्री झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) नेपालको हितमा रहेकाले विवाद गर्नुपर्ने कारण नरहेको बताएका छन्।

बीआरआई बिषयक काष्ठमण्डप डायलगको पहिलो श्रृंखलाको सम्बन्धमा फाउन्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसलिजमले आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले देशको परिस्थीति अनुरुप बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयन गर्नुपर्ने समेत बताए।

उनले विश्वका १५० भन्दा बढी देशमा बीआरआई परियोजना लागू भइसकेको र त्यसबाट यो लाभकारी हो भन्ने पुष्टि भएको धारणा राखे। बीआरआईका सन्दर्भमा देखिका चर्चाका बिषयमा काष्ठमण्डप डायलगमार्फत बौद्धिक वर्गसँग छलफल गरिएको उनले बताए।

उनले काष्ठमण्डप डायलगको पहिलो श्रृंखलाबाट बिभिन्न सवादमा अध्ययन र अनुसन्धानको प्रक्रियालाई जारी राख्ने निष्कर्ष निकालेको जानकारी दिए। उनले बीआरआई परियोजना २१ औँ शताव्दीको ठूलो परियोजना भएकाले नेपालले फाइदा लिएर अघि बढ्नुपर्छ भन्ने निष्कर्ष रहेको उल्लेख गरे।

बीआरआईका बिषयमा राजनीतिक दलहरूबिच बृहत राष्ट्रिय कायम गर्नुपर्नेमा सम्मेलनले जोड दिएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad