समाज


आँखा उपचारमा पहुँच बढाउन स्वास्थ्य मन्त्रालय र तिलगंगा प्रतिष्ठानबीच सम्झौता

आँखा उपचारमा पहुँच बढाउन स्वास्थ्य मन्त्रालय र तिलगंगा प्रतिष्ठानबीच सम्झौता

नेपालखबर
चैत ३, २०८१ आइतबार १९:३६, काठमाडौँ

आँखाको उपचारमा नागरिकको पहुँच बढाउने विषयमा स्वास्थ्य मन्त्रालय र तिलगंगा प्रतिष्ठानबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौता भएको छ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेल र तिलगंगाका कार्यकारी निर्देशक डा. सन्दुक रुइतको उपस्थितिमा सम्झौता भएको हो। सम्झौताअनुसार मन्त्रालयले तिलगंगाको सेवा तथा क्षमता वृद्धिका लागि सघाउने छ भने तिलगंगाले उत्पादित लेन्स दुर्गमका नागरिकलाई १० प्रतिशत तथा अन्य नागरिका लागि अधिक छुटमा उपलब्ध गराउने छ।

सरकारको भन्सार तथा मूल्य अभिवृद्धि छुटमा तिलगंगाबाट उत्पादित लेन्स विभिन्न देशमा निर्यात भइरहेको छ। अब सम्झौताअनुसार तिलगंगाले ती लेन्स देशका नागरिकले प्राप्त गर्नका लागि हालको रकममा छुट प्रदान गर्नेछ।

यसैगरी तिलगंगाले आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्दै अन्धोपन निवारणका लागि वर्गीकृत दक्ष जनशक्ति उत्पादन गरी ग्रामीण तहसम्म आँखा स्वास्थ्य सेवा पुर्‍याउने छ।

मन्त्रालयले तिलगंगाका परियोजना कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायहरुमार्फत समन्वय र सहकार्य गर्ने सम्झौतामा छ।

सम्झौतापछि बोल्दै मन्त्री पौडेलले डाक्टर सन्दुक रुइतको नेतृत्वमा नेपालले आँखा उपचारमा विशिष्टता प्राप्त गर्नु गौरवको विषय भएको उल्लेख गरे।

डाक्टर रुइतले स्वास्थ्यमन्त्री पौडेल सुधारमा सक्रिय रहेको भन्दै हातेमालो गर्न तयार रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad