राजनीति


‘डेमोक्रेसी इज अ हाइवे’, यसमा ‘ब्याक गेयर’ लगाइँदैन: प्रधानमन्त्री ओली

‘डेमोक्रेसी इज अ हाइवे’, यसमा ‘ब्याक गेयर’ लगाइँदैन: प्रधानमन्त्री ओली

नेपालखबर
चैत ३, २०८१ आइतबार १२:३८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठिक बनाउन नसकेसम्म योजनाबद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्ने बताए।

आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले योजनाहिन धैयर्ता र सक्रियता नभइ योजनाबद्ध सक्रियता, धैयर्तापूर्वक अघि बढिरहेको बताएका हुन्।

उनले आशावादीताका साथ अघि बढ्दा र योजनासहित अघि बढ्दा असम्भव केही पनि नहुने जिकिर गरे। उनले सरकार भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्नका लागि संकल्पका साथ अघि बढिरहेको बताए। 

‘हामी सक्रिय धैर्यता, सक्रियता योजना हिन होइन,योजनाबद्ध सक्रियतामा अघि बढ्छौँ। निराशामा उभिएर होइन, आशावादीताकासाथ अघि बढेर आशावादीता, योजनाबद्धता, सक्रियता र धैयर्ताका साथ अघि बढ्छौँ। जबसम्म परिस्थिति ठिक बनाउन सकिँदैन, धैयर्तापूर्वक हामी सक्रिय ढंगले, योजनाबद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्नेछौँ लाग्नुपर्दछ,' उनले भने,'हामी सबै एक ठाउँ छौँ, एक ठाउँ भएर लाग्नुपर्दछ। समाजका सम्पूर्ण सेक्सनहरु सबैलाई उठाउन सक्नुपर्दछ। सही र गलत छुट्याएर अघि बढ्नुपर्छ। डेमोक्रेसी भनेको हाइवे हो । हाइवेमा ब्याक गेयर लगाइँदैन। डेमोक्रेसी इज अ हाइ वे। यसमा ब्याक गेयर लगाइँदैन, अघि बढिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad