राजनीति


नेपालमा धर्मनिरपेक्षताको जननी माओवादी हो : अध्यक्ष दाहाल

नेपालमा धर्मनिरपेक्षताको जननी माओवादी हो : अध्यक्ष दाहाल

नेपालखबर
फागुन २८, २०८१ बुधबार १८:१०, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा धर्मपनिरपेक्षताको जननी माओवादी भएको बताएका छन्। बुधबार बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समावेशिता, समानुपातिक, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता सबैको जन्मदाता माओवादी भएको दाबी गरेका हुन्।

‘यो गठबन्धन सरकारको जनविरोधी क्रियाकलापबाट असन्तुष्ट भएका जनतालाई भ्रम दिएर एकथरी इतिहासबाट परास्त भएर मिल्क्याइएका शक्तिहरू फेरि बाटोमा देखापरे,' पूर्वराजातर्फ इंगित गर्दै उनले भने, 'हामीले सोच्यौँ- तराईमा त हिँड्दै गरौँला पहिला काठमाडौँमा गएर तिनीहरुलाई चुनौति दिनुपर्छ। भनेर किनभने यो त उत्पीडित जाति, वर्ग, समुदाय सबैले मिलेर ल्याएको परिवर्तन हो। यसको रक्षा गर्ने जिम्मेवारी जसले जन्माएको हो त्यसको नै हुन्छ। आज समावेशिता, समानुपातिकता, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सबैको जन्मदाता माओवादी नै हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad