राजनीति


प्रचण्डको घोषणा : राजावादीविरुद्ध लाखौँ जनता सडकमा उतारिन्छ

प्रचण्डको घोषणा : राजावादीविरुद्ध लाखौँ जनता सडकमा उतारिन्छ

फाइल तस्बिर


नेपालखबर
फागुन २८, २०८१ बुधबार १७:५, काठमाडौँ

प्रचण्डको घोषणा : राजावादीविरुद्ध लाखौँ जनता सडकमा उतारिन्छ


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजावादीहरूको प्रदर्शनविरुद्ध लाखौँ जनता सडकमा उतारेर खबरदारी गर्ने घोषणा गरेका छन्। 

आइतबार पूर्वराजा पोखराको एक महिने बसाइपछि काठमाडौँ फर्किँदा उनका समर्थकले काठमाडौँमा गरेको स्वागत र प्रदर्शनलाई लिएर प्रचण्डले यस्तो बताएका हुन्। 

राजतन्त्रलाई इतिहासको रछ्यानमा मिल्काइएको प्रतिगामी तत्वभन्दै उनले भने, 'व्यवस्थामाथि धावा बोल्न, भ्रष्ट र दलालहरू विभिन्न बहानामा जनताका अधिकार खोस्न लागिरहेका छन्। यसखाले सबै षड्यन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो यसमा हामी कतै बिचलित हुने छैनौँ।' 

अध्यक्ष प्रचण्डले राजनीति परिवर्तनमा उत्पीडित समुदायको ऐतिहासिक र निर्णायक भूमिका रहेको स्पष्ट गर्दै जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको सम्बन्धबारे पार्टीले पहिलोपटक धारणा तय गरेको जानकारी दिए। 

‘हिजो जनवादी क्रान्तिको बेलामा आत्मनिर्णयको अधिकार, जातीय क्षेत्रीय मोर्चाको अवधारणा महत्वपूर्ण थियो तर अब समाजवादी क्रान्तिमा यसमा महत्त्व छ कि छैन भन्ने केही समय अलमल जस्तो देखियो,’ उनले भने, ‘हाम्रो भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको बेलामा यो अझ बढी आवश्यक छ भन्ने निष्कर्ष निकालेको छ। अब हामीले निष्कृय रहेका मोर्चाहरुलाई समेत ब्युँताउँदै सबै जातीय क्षेत्रीय मोर्चालाई सुदृढ बनाएर जाने नीति लिएका छौँ, अब क्रमशः भेला सम्मेलनमार्फत सबै मोर्चाहरू सक्रिय बनाउने छौँ। त्यहीअनुसार तामाङ, गुरुङ, थारु र मगर मोर्चाको सम्मेलन गरेका छौँ भने बाँकी मोर्चाको भेला सम्मेलन गर्दै जाने छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad