राजनीति


गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चाको प्रदर्शन

गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चाको प्रदर्शन

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १८:१७, काठमाडौँ

 समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ। आज मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकलले प्रदर्शन गर्ने निर्णय गरेको हो। 

आइतबार राजावादीको प्रदर्शनलगत्तै समाजवादी मोर्चाले त्यसको विरोध गर्दै गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको हो। 

समाजवादी मोर्चाले 'प्रतिगामी शक्ति'विरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे आज निर्णय लिएको नेसपाका नेता महिन्द्र राय यादवले नेपालखबरलाई जानकारी दिए। 

आइतबार काठमाडौँमा राजावादीले प्रदर्शन गरेका थिए। त्यसपछि सबै राजावादी समर्थित दलबाहेक अन्य दलले यसको विरोध गर्दै आइरहेका छन्। समाजवादी मोर्चामा आवद्ध दलहरूले त राजावादीको प्रदर्शनको विरोधमा काठमाडौँ केन्द्रित प्रदर्शनको तयारी गरेको हो। 

मोर्चाको संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव छन्।  मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपाल कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी पनि सहभागी छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad