राजनीति


देउवा भन्छन् : महिलालाई अधिकारसहित स्थान दिनेमा नेपाल अगाडि छ

देउवा भन्छन् : महिलालाई अधिकारसहित स्थान दिनेमा नेपाल अगाडि छ

नेपालखबर
फागुन २४, २०८१ शनिबार १८:५६, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलालाई राज्यका विभिन्न अङ्गमा अधिकारसहित स्थान दिने क्षेत्रमा नेपाल अगाडि रहेको बताएका छन्। 

शनिबार ११५औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले राज्यका महत्वपूर्ण पदमा महिलालाई अनिवार्य स्थान दिने बाध्यकारी व्यवस्था अन्य देशमा नभएको जिकिर गरे। 

उनले सभामुख र उपसभामुख तथा स्थानीय तहका प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिलाको अनिवार्य व्यवस्था गरेर स्थानसहित अधिकार दिएको बताए। उनले राज्यका महत्वपूर्ण स्थानमा जिम्मेवारी लिने कार्यमा महिलाहरूले थप आत्मविश्वासका साथ अग्रसर हुनुपर्नेमा जोड दिए।

‘महिलाको उत्थान मात्र होइन अधिकार दिने मात्र होइन महत्वपूर्ण जिम्मेवारी दिने काममा पनि नेपाल अगाडि बढिरहेको छ। अहिले हरेक पालिकाहरूमा अनिवार्य रुपमा एक जना महिला राखेका छौँ,' उनले भने,'उपसभामुख, राष्ट्रपति उपराष्ट्रपतिमा पनि महिलालाई पु-याइ सकेका छौँ। देशभर महिलालाई अधिकारसहित स्थान दिएका छौँ। भोलिका दिनहरूमा पनि महिलाहरूले अझ बढी जिम्मेबारी लिने विश्वास लिएको छु। त्यसका लागि महिला विभाग, महिला संघलगायत सम्पूर्ण दिदीबहिनीहरूले एकताबद्ध भएर काम गर्नुस्। हाम्रो देश महिलालाई अधिकार दिने कुरामा अगाडि छ, कुनै पदको दुई जनामध्ये एक जना महिला अनिवार्य हुनैपर्ने बाध्यता नेपालमा मात्रै छ अरु कुनै देशमा पनि यस्तो व्यवस्था वा बाध्यता छैन।’

सभापति देउवाले घरपरिवार, समाज र राजनीतिको काम गर्न महिलाले धेरै समय खर्च गर्नुपरेको बताए। उनले राज्यका विभिन्न पदमा महिलाको उपस्थिति अनिवार्य गरिए जस्तै घरायसी कार्यमा महिला र पुरुषले काम गर्ने वातावरण विस्तारै बन्ने आशय व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad