राजनीति


राजावादी सक्रिय भएको भन्दै माओवादीले स्थगित गर्‍यो अभियान, रणनीति बनाउन डाक्यो पदाधिकारी बैठक

राजावादी सक्रिय भएको भन्दै माओवादीले स्थगित गर्‍यो अभियान, रणनीति बनाउन डाक्यो पदाधिकारी बैठक

अभियानका क्रममा तराई पुगेका प्रचण्ड


नेपालखबर
फागुन २४, २०८१ शनिबार १८:३९, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)ले जारी 'जनतासँग माओवादी, तराई-मधेस जागरण अभियान' रोकेर पार्टी पदाधिकारी बैठक डाकेको छ। 

सामाजिक सञ्जालसहित सडकमा पनि राजाका समर्थकहरू उत्रिन थालेपछि अभियान रोकेर नयाँ राजनीतिक रणनीति तय गर्न बैठक डाकिएको माओवादीका नेताले नेपालखबरलाई जानकारी दिए। ती नेताका अनुसार आइतबार पदाधिकारी बैठक बस्नेछ। 

'यो सरकारको कामले जनतामा निराशा छाएको छ। राजावादीहरू सलबलाएका छन्,' ति नेताले भने, 'राजावादीहरू सलबलाउँदा अरु कुनै दल बोलेको देखिएन। माओवादीले नै गणतन्त्र ल्याएको हो। यसको रक्षा पनि माओवादीले नै गर्ने हो भन्ने सन्देश अझै फैलाउन अहिलेलाई अभियान स्थगित गरिएको हो।'

माओवादी अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड'का स्वकीय सचिव गोविन्द आचार्यले तराईमा होली लागिसकेको र समसामयिक राजनीतिक विषयमा पनि छलफल गर्नुपर्ने देखिएको अभियान पुन:सुरु गर्ने गरी स्थगित भएको जानकारी दिए। 

'तराईमा होली पनि लागिसकेको छ। समसामयिक राजनीतिक विषयमा छलफल पनि गर्नुपर्ने देखिएकोले अभियान स्थगित गरिएको हो,' उनले नेपालखबरसँग भने, 'सरकारले गरेका कामकारबाही र अहिलेको व्यवस्थामाथि धावा बोल्ने काम भइरहेकोले खबरदारी गर्न माओवादीले आफ्नो भूमिका खेल्ने गरी तयारी गर्न लागि परेको छ।'  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad