नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आउँदो आर्थिक वर्षको बजेट अधुरा र सम्पन्न हुन नसकेका आयोजनाहरु सम्पन्न गर्नेगरी ल्याउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद घिमिरेले प्रत्येक वर्ष नयाँ कार्यक्रम थप्ने तर पूरा नगर्ने प्रवृत्तिका कारण आयोजनाहरु सम्पन्न हुन नसकेको बताए।
‘बजेट बनाउने बेला हुँदै छ। बजेट बनाउँदा नयाँ नयाँ कार्यक्रमहरु थप्ने तर पुरा नगर्ने महारोग यो देशमा देखियो,' उनले भने, 'अब यसले चाहीँ लथालिङ्ग र भद्रगोल अवस्थामा योजना छनोट गरेर बजेट विनियोजन गरेको छ। तर कुनै पनि योजनाहरु सम्पन्न भएका छैन। त्यसकारण यो वर्ष नयाँ योजना भन्दा पुराना र थालिएका योजनाहरुलाई सम्पन्न गर्नेगरी बजेट विनियोजनमा राखियोस् भन्ने सभामुखमार्फत सरकारसँग आग्रह गर्न चाहन्छु।’
उनले थालिएका योजनाहरू सम्पन्न गर्नेगरी अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताए।
Shares

प्रतिक्रिया