राजनीति


सौर्य एयरलाइन्स दुर्घटनाका पीडित परिवारलाई न्याय दिन माग

सौर्य एयरलाइन्स दुर्घटनाका पीडित परिवारलाई न्याय दिन माग

नेपालखबर
फागुन २१, २०८१ बुधबार १४:१९, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले गत साउनमा भएको सौर्य एयरलाइन्सको दुर्घटनाका पीडित परिवारलाई न्याय दिन माग गरेका छन्। 

सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चार वर्षको बालकलाई एयरलाइन्सको कर्मचारी बनाएर यात्रा गराउनु गैरकानुनी भएको बताए।

दुर्घटना छानबिनका लागि बनाइएको आयोगसमेत गैरकानुनी रहेकाले पुनः आयोग गठन गर्न माग माग गरे। 

‘सात महिनाअघि साउन ९ गते काठमाडौँ एयरपोर्टमा भएको सौर्य जहाज दुर्घटना तीन सन्तान गुमाएका पत्रकार प्रकाश खतिवडाले सबै मान्यज्यूहरुलाई तत्सम्बन्धमा घटनाका सम्बन्धमा म्यासेज पठाएर जनकारी गराउनुभएको छ,' उनले भने, 'उहाँको दाबीअनुसार दुर्घटना भएको जहाजको उडान गैरकानूनी छ । चार वर्षको बालकलाई समेत एयरलाइन्सको कर्मचारी बनाइएको छ । तत्सम्बन्धी बनाइएको आयोग गैरकानुनी छ । पुनः आयोग गठन गरी छानबिन गरी पीडितहरूलाई न्याय दिइयोस् ।’

सांसद कुँवरले उदयपुर सिमेन्ट कारखाना बन्द हुँदा २५० श्रमिकको बिचल्ली भएको बताए। उनले उद्योग सञ्चालन गर्न वा श्रमिकले पाउने सुविधा दिएर बिदा गर्न सरकारसँग माग गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad