ad ad

राजनीति


अमेरिकामा २ ट्रिलियन डलरको कोरोना राहत प्याकेज ल्याउने सहमति

अमेरिकामा २ ट्रिलियन डलरको कोरोना राहत प्याकेज ल्याउने सहमति

नेपालखबर
चैत १२, २०७६ बुधबार ९:२७,

अमेरिकामा कोरोना महामारीको चपेटामा परेको अर्थतन्त्र उकास्न ह्वाइट हाउस र सिनेटबीच २ ट्रिलियन डलरको राहत प्याकेज ल्याउने सहमति भएको छ।

यद्यपि यसबारे तल्लो सदन प्रतिनिधिसभामा सहमति जुट्न बाँकी छ।

राहत प्याकेज कति रकमको र कस्तो हुने भन्ने विषयमा केही दिनयता व्यापक छलफल हुँदै आएको थियो।

यसबाट ठूला व्यवसायी, साना व्यवसायी, महामारीका कारण जागिर गुमाएका मानिस र घरमै बस्न बाध्य मानिसहरुलाई निश्चित रकम वितरण गरिने बताइएको छ।

प्याकेजमा भएको सहमतिअनुसार वार्षिक ७५ हजार डलरभन्दा कम कमाइ भएका मानिसले १२ सय डलर पाउने छन्। डेढ लाखभन्दा कम कमाइ गर्ने विवाहितले २४ सय डलर र बच्चाको हकमा प्रतिबच्चा ५ सय डलर पाउने छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .