ad ad

समाज


कोरोना संक्रमितको उपचार गर्न एपीएफ अस्पताल खाली गरिँदै

कोरोना संक्रमितको उपचार गर्न एपीएफ अस्पताल खाली गरिँदै

उजिर कार्की
चैत १२, २०७६ बुधबार ९:२३,

कोरोना संक्रमितको उपचारका लागि सशस्त्र प्रहरीले आफ्नो अस्पतालभित्र रहेका युनिटलाई अन्यत्र सार्न थालेको छ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविन श्रेष्ठले बलम्बुस्थित अस्पतालमा रहेका बिरामीसहितका आफ्ना युनिट अन्यत्र सार्ने काम भइरहेको जानकारी दिए।

सरकारले एपीएफ अस्पताललाई कोरोनाको मात्रै उपचार गर्ने गरी तयार पार्न निर्देशन दिएपछि त्यहाँबाट अन्य युनिट सार्न थालिएको हो।

अस्पताल हाताभित्र सशस्त्रको ९ नं. बाहिनी, प्राविधिक शिक्षालय, आर्मर शाखा र डग शाखा छन्। यी शाखामा सशस्त्रका करिब १ हजार २ सय जना कार्यरत छन्।

एक सय १० बेडको अस्पतालमा रहेका बिरामीलाई समेत अन्यत्र सारिने भएको छ। यहाँका बिरामीलाई नेपाली सेना र नेपाल प्रहरीको अस्पतालमा सार्न थालिएको छ। बाहिनीलाई सानो गौचरणको स्टाफ कलेजमा र स्टाफ कलेजलाई मातातीर्थ लैजाने तयारी भएको छ।

प्राविधिक शिक्षालयलाई एकेडेमीमा र आर्मर शाखालाई प्रधान कार्यालयमै सार्न थालिएको छ। डग शाखालाई नेपाली सेना र नेपाल प्रहरीको डग शाखामै लैजाने तयारी छ।

यी सबै युनिट खाली गरेपछि यहाँ ठूलो संख्यामा कोरोना संक्रमितको उपचार गराउन सकिन्छ। तर यसका लागि भौतिक संरचना र स्वास्थ्यकर्मीको थप व्यवस्था गर्नु पर्ने हुन्छ।

स्वास्थ्य मन्त्रालयको संयोजकत्वमा यहाँ आवश्यक तयारी मिलाउने काम भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .