राजनीति


एमालेकै नेता भन्छन् : अध्यादेशबाट कानुन बनाउनु हुँदैन

एमालेकै नेता भन्छन् : अध्यादेशबाट कानुन बनाउनु हुँदैन

नेपालखबर
फागुन १७, २०८१ शनिबार १८:१६, काठमाडौँ

नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले अध्यादेश ल्याउने व्यवस्था संविधानले गरे पनि कानुन अध्यादेशमार्फत बनाउन नहुने बताएका छन्। 

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा तामाङले भने, 'मेरो व्यक्तिगत मान्यता के हो भने– अध्यादेश ल्याइराख्नु हुँदैन। अध्यादेश ल्याइराख्ने, अध्यादेशमार्फत कानुन बनाइराख्ने यस्तो कुरा गर्नु हुँदैन।'

उनले संसद्‌मा पेस भइसकेको अध्यादेशको विषयमा गठबन्धन दलबीच कुनै मतभेद नभएको दाबी पनि गरे। आफू अध्यादेशको पक्षमा नभएको बताएका उनले जनता समाजवादी पार्टी,नेपालले पनि अध्यादेशको पक्षमा मतदान गर्ने दाबी गरे।

‘अध्यादेश अलपत्र परेको छैन। सत्तारुढ राजनीतिक दलभित्र अध्यादेशको सन्दर्भमा कुनैपनि मतभेद छैन। ती दलहरू एकमत छ। अब यो अध्यादेश छिटै संसद्मा अनुमोदनको प्रक्रियामा अगाडि बढ्छ। दलहरूबीच कुनै मतभेद छैन,' उनले भने, 'मतभेद भए त सँगै सरकारमा कहाँ बस्छ त? अब सरकारको बिजनेस हो त्यो। व्यक्तिगत रुपमा मतभेद हुनसक्छ।'

वर्तमान सत्ता समीकरण आगामी २०८४ को निर्वाचनसम्म नै अगाडि बढ्ने उनको दाबी छ। उनले निकट भविष्यमै सरकारमा अन्य दलहरू पनि सहभागी हुने बताए। ‘सरकार ०८४ सम्मै जान्छ। अहिले जति छन्, यसमा अरु थप दलहरू मिसिन्छन्, निकट भविष्यमै,’नेता तामाङले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad