सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बस्ने गरी सचिवालयको बैठक बोलाएका हुन्।
एमाले उपमहासचिव विष्णु रिमालका अनुसार, आइतबार बस्ने सचिवालय बैठकको तयारीका लागि आज केन्द्रीय कार्यालयको बैठक सम्पन्न भएको छ। कार्यालय बैठकको अध्यक्षता महासचिव शंकर पोखरेलले गरेका थिए।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बस्ने तय भएको छ।

369
Shares

प्रतिक्रिया