शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अस्पताल भर्ना भएकी छन्।
स्वास्थ्यमा समस्या देखिएपछि उनी गत शुक्रबारदेखि त्रिवि शिक्षण अस्पताल (महराजगन्ज) उपचार गराइरहेकी छन्।
उनको सचिवालयका अनुसार घाँटीमा फोका आएर सुन्निएपछि उनी शिक्षण अस्पताल भर्ना भएकी हुन्।
बिहीबार बायस्पी गरेपछि समस्या पत्ता लाग्ने अपेक्षा गरिएको छ।
यसअघि उनलाई क्षयरोग (टीबी) आशंका गरिए पनि त्यो नपाइएको बताइएको छ।
शिक्षामन्त्री भट्टराईलाई शिक्षण अस्पतालको 'एनेक्स भवन'को ६०२ नम्बर बेडमा राखिएको छ।
सचिवालयका अनुसार मन्त्री भण्डारी गत बुधबारदेखि मन्त्रालय जान सकेकी छैनन्।
243
Shares

प्रतिक्रिया