ad ad

राजनीति


नाकामा रोकिएकालाई अन्तिम पटक नेपाल प्रवेश दिने सरकारको निर्णय

नाकामा रोकिएकालाई अन्तिम पटक नेपाल प्रवेश दिने सरकारको निर्णय

नेपालखबर
चैत ११, २०७६ मंगलबार ११:२१,

नेपाल–भारत नाकामा रोकिएका नेपालीहरुलाई सरकारले अन्तिम पटक स्वदेश प्रवेश गर्न दिने निर्णय गरेको छ।

कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गठन गरिएको उच्चस्तरीय समन्वय समितिको बैठकले अनिवार्य रुपमा क्वारेन्टिनमा बस्ने गरी अन्तिम पटक प्रवेश गर्न दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सूचना तथ सञ्चारमन्त्री डा. युवराज खतिवडाले त्यसका लागि प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय आग्रह गरिएको छ।

‘नेपाल प्रवेश गरेपछि सुरक्षित रुपमा क्वारेन्टाइन राख्ने व्यवस्था मिलाउन भनेका छौं,’ खतिवडाले भने। भारतका विभिन्न स्थानमा काम गर्दै आएका नेपालीहरु सरकारले सीमा बन्द गरेको कारण अलपत्रमा परेका थिए।

सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न संघसंस्थाले स्थापना गरेको कोषको रकम सरकारले गठन गरेको कोषमा जम्मा गर्न निर्देशन दिएको छ।

‘कुनै पनि संघसंस्थाले कोष स्थापना गरेर त्यसमा सो संस्थामा आवद्ध रहेका कर्मचारीको मात्रै जम्मा गर्न पाउने छन्,’ खतिवडाले भने, ‘सरकारी कोषमै रकम जम्मा गर्नु राम्रो हुन्छ।’

त्यसैगरी समितिले चिकित्सकीय सामग्रीहरु आयात गर्नका लागि निजी क्षेत्रलाई आह्वान गर्ने निर्णय समेत गरेको छ।

‘भारत–चीन दुवैतर्फबाट किट ल्याउनेका लागि अर्थ र परराष्ट्रमार्फत काम गरिरहेका छौं,’ खतिवडाले भने, ‘केही संकलन भएको जानकारी आएको छ। सरकारले ल्याउँदा केही समय लाग्छ त्यसैले पारदर्शी रुपमा निश्चित समय तोकेर निजी क्षेत्रले त्यस्तो सामग्री ल्याउन आग्रह गरेका छौं।’

सरकारले घोषणा गरेको लकडाउनलाई जनताले सहयोग गरिरहेको भन्दै खतिवडाले भने, ‘कफ्र्यु लगाउने अवस्थामा छैन।’

 90432000_212657186715497_1562223474074714112_n.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .