ad ad

समाज


युएईमा मागियो ६० वर्षमाथिका नेपालीको रेकर्ड

युएईमा मागियो ६० वर्षमाथिका नेपालीको रेकर्ड

नेपालखबर
चैत ११, २०७६ मंगलबार ११:१९,

संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले त्यहाँ रहेका ६० वर्षमाथिका नेपालीको तथ्यांक माग गरेको छ।

वृद्धहरु कोराना संक्रमणको उच्च जोखिममा रहेको भन्दै युएईले आफ्नो देशमा भएका त्यस्ता नागरिकको तथ्यांक माग गरेको हो।

यूएईले आपतकालीन अवस्थालाई मध्यनजर गरेर यस्तो तथ्यांक खोजेको एनआरएनए यूएईले जनाएको छ। वृद्धहरुको तथ्यांक संकलनका लागि एनआरएनएले काम सुरु गरेको छ।

त्यस्ता व्यक्ति भए सम्पर्क गर्न समेत एनआरएनएले आग्रह गरेको छ। यूएईमा हालसम्म २ जनाको ज्यान गएको छ भने एक सय ५८ जनामा कोरोना संक्रमित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .