नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक दोस्रो दिन पनि जारी छ।
ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार सुरु बैठक शनिबार पनि भइरहेको हो।
बैठकमा यसअघि स्थायी कमिटी बैठकले पारित गरेको अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन्।
पोलिटब्युरो बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, तात्कालीन कार्ययोजना, सरकारले ल्याएको अध्यादेश, प्रकृति लम्साल मृत्यु प्रकरण र समसामयिक प्रस्ताव पारित गरेको थियो।
केन्द्रीय सदस्यहरूले धारणा राखेपछि जारी केन्द्रीय समितिको बैठक सकिनेछ।
हेर्नुहोस् जारी बैठकका तस्बिरहरू:













48
Shares

प्रतिक्रिया