राजनीति


प्रतिनिधि सभामा आज प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर

प्रतिनिधि सभामा आज प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर

फाइल तस्बिर


नेपालखबर
फागुन ४, २०८१ आइतबार ८:१०, काठमाडौँ

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरुबीच प्रश्नोत्तर हुँदैछ। 

आइतबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा अरु तीनवटा कार्यसूची पनि तय भएको संसद् सचिवालयले जनाएको छ। 

बैठकमा प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने, गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विदेयकसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने र वातावरणमन्त्री ऐनबहादुर शाहीले पनि ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधन’ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad