समाज


मामाघरमा चितुवाले आक्रमण गर्दा बालकको मृत्यु

मामाघरमा चितुवाले आक्रमण गर्दा बालकको मृत्यु

नेपालखबर
फागुन ४, २०८१ आइतबार ८:३५, काठमाडौँ

बर्दियामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। 

बर्दियाको मधुवन नगरपालिका-७ भाट चोकस्थित मनोज कँडेलको घरमा चितुवाले आक्रमण गर्दा अढाई वर्षीय रिहान चलाउनेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। रिहान मनोजका भान्जा हुन्। 

‘आमा रचना चलाउनेसँग मामा घर भएको बेला शनिबार साँझ करिब सात बजेतिर बालकलाई चितुवाले आक्रमण गरेर बेपत्ता बनाएछ,’ जिप्रका बर्दियाका डीएसपी ऋषिराम घर्तीले नेपालखबरसँग भने, ‘खोजतलास गर्ने क्रममा दुई घण्टापछि करिब पाँचसय मिटर टाढा बालकको शव फेला परेको हो।’

आँगनमा खेलिरहेका बालकलाई चितुवाले आक्रमण गरेर बेपत्ता बनाएपछि प्रहरी र स्थानीयले खोजी सुरु गरेका थिए। 

रचना बाँकेको राप्तीसोनारी गाउँपालिका-५ बाट माइत गएको बेला घटना भएको प्रहरीले जनाएको छ। चितुवाले आक्रमण गर्दा बालकको घाँटी र टाउकोको पछाडिको भागमा गहिरो घाउ देखिएको छ। 

गएको माघ २५ गते पनि सोही स्थानमा चितुवाले आक्रमण गर्दा ५१ वर्षीया जुनाकुमारी लामिछानेको मृत्यु भएको थियो। 

गाउँमा चितुवा आतंक बढेपछि स्थानीय त्रसित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad