राजनीति


हिजो कांग्रेसले सदनबाट फिर्ता गराएको विधेयक आज सरकारमा हुँदा पेस हुनु दु:खद् : कोइराला

हिजो कांग्रेसले सदनबाट फिर्ता गराएको विधेयक आज सरकारमा हुँदा पेस हुनु दु:खद् : कोइराला

फाइल तस्बिर


नेपालखबर
माघ २८, २०८१ सोमबार १५:५०, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले हिजोको समयमा कांग्रेसले संसद्‌बाट फिर्ता गराएको विधेयक आज कांग्रेस सरकारमा भएकै बेलामा पेस हुन दु:खद् भएको बताएका छन्। 

जीपी फाउन्डेसनले भक्तपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले अभिव्यक्ति स्वतन्त्रता प्रतिबन्ध लगाउने विधेयक स्वीकार्न नसकिने बताएका हुन्। 

'सामाजिक सञ्जाल विधेयक अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लाउने गरी आएको छ। हामीले के बिर्सियौँ भने ओलीजी प्रधानमन्त्री हुँदा गोकुल बाँस्कोटाजीले ल्याएको विधेयक नै अहिले ल्याइएको छ,' उनले भने, 'हामीले नै त्यसबेला त्यो विधेयक फर्काएका हौँ। अहिले त्यही विधेयक ल्याउने भए किन फर्कायौँ?' 

कोइरालाले अध्यादेश सरकार अप्ठ्यारोमा पर्ने बाध्यात्मक अवस्थामा ल्याउनुपर्ने भन्दै सहजताका लागि अध्यादेश जारी गर्नु लोकतान्त्रिक नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad