नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले किसानलाई दु:ख दिइरहेको बाँदर चीनलाई बेच्ने पहल कहाँ पुग्यो?भन्दै सरकारलाई प्रश्न गरेका छन्। सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले बाँदरले देशभर आतंक सिर्जना गरेको बताएका हुन्।
'श्रीलङ्काले चाइनालाई बाँदर बेचेर राजश्व पनि कमाउने र हानिकारक बाँदर पनि बेच्ने काम गर्यो। नेपालमा पनि बाँदरलाई हानिकारक जन्तु घोषणा गरेसँगै चीनतिर बेच्ने व्यवस्था गरेको छ कि छैन?,' उनले वनमन्त्रीलाई प्रश्न गरे, 'यसतर्फ के पहल भइरहेको छ?’
पहाडी क्षेत्रमा बाँदर आतंकले बस्नै नसकिने अवस्था भएको बताए। 'तराईंमा हात्ती, कतै बन्य जन्तुका कारण मान्छे मरेका मर्यै भए यसतर्फ के तयारी छ ?' उनले भने।
81
Shares

प्रतिक्रिया