राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले सरकार बहुमतको ट्याब्लेट खाएर निदाइरहेको आरोप लगाएका छन्।
राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै उनले आफूसहितका धेरै सांसदहरले बारम्बार संसद्मा जाजरकोटको भूकम्पबाट भएको क्षति र त्यसको पुनःनिर्माणबारे ध्यानाकर्षण गराए पनि सरकारले अहिलेसम्म पुनःनिर्माण गर्न,पीडितलाई सुरक्षित बासस्थानमा सार्न नसकेको भन्दै यस्तो बताएका हुन्।
‘विशेष गरेर धेरै पटक यो संसदमा उठाइसकेको, उठिसकेको र अहिले झन्डै दुई तिहाईको नजिक रहेको सरकार यो बहुमतको ट्याब्लेट खाएर निदाइरहेको स्थिति छ,' उनले भने, 'सदनमा धेरै पटक भूकम्पका विषयमा कुरा उठिरहेको छ । सरकारले सच्याउने मेहनत गर्दैन। विगत कात्तिक १७ गते राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोटमा ४८ हजार ५ सय १६, रुकुम (पश्चिम) मा ३४ हजार ९९७, सल्यानमा ४ हजार ४०७ घरमा क्षति पुगेको स्थिति छ।’
उनले भूकम्पपीडितले पाउने दोस्रो किस्ताको रकम वितरण नभएको भन्दै ध्यानाकर्षण पनि गराए।
Shares

प्रतिक्रिया