राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले केपी ओली नेतृत्वको सरकार व्यक्तिगत प्रतिशोधमा उत्रिएको आरोप लगाएका छन्। आज आइतबार डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) को प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन्।
'वर्तमान सरकार दुई तिहाइका साथ बलियो छ। त्यति नै आशंका पनि देखिएका छन्। सरकारले व्यक्ति हेरेर प्रतिशोध गरेको छ,' उनले भने, 'विश्वास गुमेको र शंका गर्नुपर्ने परिस्थिति छ। संसद् बोलाउनुपर्ने बेलामा अध्यादेश ल्याएर के आपत्ति परेछ सरकारलाई? कसको स्वार्थपूर्ति गर्न हतारमा अध्यादेश ल्याएको हो?' रास्वपाले आफ्ना सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा राज्यले प्रतिशोध साँधेर दु:ख दिइरहेको बताउँदै आइरहेको छ।
Shares

प्रतिक्रिया