ad ad

राजनीति


संसदीय समितिको निर्देशनः विदेशीलाई नेपाल प्रवेशमा रोक लगाउ

संसदीय समितिको निर्देशनः विदेशीलाई नेपाल प्रवेशमा रोक लगाउ

नेपालखबर
चैत ९, २०७६ आइतबार १३:४७,

संसदीय समितिले सीमानाकामा आवतजावत गर्नेहरुको स्वास्थ्य परीक्षणमा कडाई गर्नुका साथै विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ।

प्रतिनिधिसभा अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले विदेशी नागरिकलाई प्रवेशमा रोक लगाउँदै नेपाली नागरिकहरु प्रवेश गर्दा स्वास्थ्य परीक्षण गर्दै क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्न निर्देशन दिएको हो।

यसैगरी दैनिक उपभोग्य वस्तु, औषधि र अन्य स्वास्थ्य अपकरणहरुको समुचित प्रवन्ध गर्दै सहज प्राप्तीको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ। अस्पतालहरुमा थयोचित उपचारको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिइएको समिति सभापति निरादेवी जैरुले बताए।

समिति बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पूर्व तयारीको मोडल परिवर्तन गर्ने तयारी भइरहेको बताए। चिनियाँहरुको सुझाव र सल्लाह लिएर उनीहरुकै मोडलमा पूर्व तयारीका कामहरु अगाडि बढ्ने उनले बताए। स्वास्थ्य उपकरण जुनदेशले सहयोग गरेपनि लिने नीति सरकारले लिएको उल्लेख गर्दै उनले नेपाली चिकित्सकहरुलाई प्रशिक्षण दिन चीनको विशेष टोली बोलाउने तयारी भएको पनि बताए।

सांसद भीम रावलले कुन देशको सहयोग लिने कुन देशको नलिने भन्ने परिपाटीको अन्त्य गर्दै जहाँबाट जे पाइन्छ त्यो लिएर तत्काल वितरण गर्नुपर्ने उनले बताए।

सांसद पम्फा भूसालले विद्युतीय महसुल कम गरी ग्यासको संकट कम गर्न सकिने सल्लाह दिइन्।

सांसद गणेश गठुन्नाले २ महिनासम्म स्वास्थ्य उपकरण जोहो गर्न किन सकिएन भन्दै प्रश्न गरे।

विश्वव्यापी महामारीको रुप लिएको कारोना संक्रमणको जोखि न्यूनिकरणका लागि सरकारले पूर्व तयारी तिव्र रुपमा गरिरहेको जनाएको छ। कोरोनाको संक्रमण नेपालमा आउन नदिन र भित्रिएको खण्डमा नियन्त्रणका लागि खेल्नुपर्ने भूमिकाका विषयमा सरकारले पूर्वतयारीका योजनाहरु अगाडि सारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .