ad ad

समाज


वीरगञ्जका शिवकुमारलाई कोरोना संक्रमण नभएको दोस्रो रिपोर्टले देखायो*

वीरगञ्जका शिवकुमारलाई कोरोना संक्रमण नभएको दोस्रो रिपोर्टले देखायो*

नेपालखबर
चैत ९, २०७६ आइतबार १३:४८,

पर्साको वीरगञ्ज महानगरपालिकाका शिवकुमार रुगंटामा कोरोना भाइरस संक्रमण भएको आशंका गरिए पनि उनको रिपोर्ट नेगेटिभ आएको छ।

वीरगञ्ज आदर्शनगरका ५२ वर्षीय शिवकुमार रुगंटामा यसअघि कोरोना संक्रमण जाँचको रिपोर्ट पोजेटिभ आएको भनिए पनि आइतबार साँझको रिपोर्ट नेगेटिभ आएको हो।

भारत पटनाको राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्यूट अफ मेडिकल साइन्सेजले आइतबार साँझ शिवकुमारमा कोरोना संक्रमण नभएको रिपोर्ट दिएको हो।

ShivaKumarReport

आइतबार परिवारका सदस्यले पर्साका प्रमुख जिल्ला अधिकारी र वीरगञ्जका एसपीलाई पटनामा उपचार गराइरहेका शिव कुमारमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको जानकारी दिएपछि वीरगञ्ज महानगरको आकस्मिक बैठक समेत बसेको थियो।

वीरगञ्ज आदर्शनगरस्थित शिवकुमारको घरमा डीएसपी गौतम थापाको नेतृत्वमा एक प्रहरी टोली पठाइएको थियो, जसले परिवारका सबै सदस्यलाई सेल्फ क्वारेन्टीनमा बस्न भनेको थियो। पछि वीरगञ्जका मेयर र प्रमुख जिल्ला अधिकारीको टोली र महानगरको स्वास्थ्य टोली पनि शिवकुमारको घर पुगेको थियो।

पर्साकी एसपी गंगा पन्तले भारतको विहारस्थित पटनाको अस्पतालमा उपचार गराइरहेका शिवकुमारलाई कोरोना संक्रमण भएको जानकारी परिवारका सदस्यले दिएको नेपालखबरलाई बताएकी थिइन्।

परिवारका सदस्यहरूका अनुसार केही वर्षअघि शिवको मिर्गौला प्रत्यारोपण गरिएको थियो। वीरगञ्जकै हेल्थकेयरमा उपचार गराइरहेका उनलाई थप उपचारका लागि पटना लगिएको हो।

शिवकुमारलाई कोरोना संक्रमण भएको खबर भने परिवारकै सदस्यले पर्सा प्रशासन र प्रहरीलाई दिएका थिए।

शिवकुमारका भाइ सुरेश रुगंटाले दाइलाई कोरोना भाइरस संक्रमण भएको सुनेपछि सीडीओ र एसपीलाई फोन गरेर सूचना दिएको बताए।

‘सुरुमा कोरोना संक्रमण भएको भन्ने आएपछि मैले सीडीओ, डीएसपी र चेम्बरमा फोन गरेर जानकारी दिएको हुँ, त्यसपछि धेरैतिरबाट फोन आयो र हामीलाई दिउँसैदेखि घरमै क्वारेन्टीनमा राखियो,’ सुरेशले सोमबार राती दोस्रो रिपोर्ट आएपछि नेपालखबरसँग भने, ‘अहिले फेरि नेगेटिभ रिपोर्ट आएको भनेर पटना अस्पतालबाट फोन आउँदा खुशी लाग्यो।’

(*यसअघि परिवारका सदस्यलाई उधृत गर्दै वीरगञ्जका एसपी र महानगरपालिकाका अधिकारीले दिएको सूचनाका आधारमा तयार गरिएको रिपोर्ट सच्याइएको छ– सम्पादक)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .