राजनीति


‘सरकारले न्यायपालिकालाई धम्क्याएर रवि लामिछानेलाई सडाउने षड्यन्त्र गरिरहेको छ’

‘सरकारले न्यायपालिकालाई धम्क्याएर रवि लामिछानेलाई सडाउने षड्यन्त्र गरिरहेको छ’

नेपालखबर
माघ २४, २०८१ बिहिबार १५:४४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार जब प्रतिशोध साँध्नेुपर्ने हुन्छ त्यतिबेला मात्रै बलियो देखिने गरेको टिप्पणी गरेका छन्। 

बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै दाहालले यसको उदाहरणको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भएको घटना रहेको उनको भनाइ छ। 

‘सरकार बलियो तब देखिन्छ, जब प्रतिशोध लिनुपर्ने हुन्छ। त्यसको सबैभन्दा ठूलो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनहुन्छ,’ उनले भने, ‘सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिएका उहाँलाई आज देशको सबैभन्दा ठूलो सहकारी ठगका रुपमा देशभर दौडाइएको छ। हिजो उहाँलाई प्रधानमन्त्री बनाउन अफर गरेकाहरु आज न्यायपालिकालाई धम्क्याएर भए पनि सडाइछाड्ने षड्यन्त्रमा छन्। जसका लागि सिंगो राज्यको दुरुपयोग भएको छ।’

उनले रवि लामिछानेका विरुद्ध सिंगो राज्य शक्ति दुरुपयोग गरिएको पनि बताए। उनले सभामुख देवराज घिमिरेलाई अदालतले धरौटीमा छोडिसकेकाले रवि लामिछानेको सांसद पद निलम्बन गर्न आवश्यक नभएको पनि बताए।

‘म सम्माननीय सभामुखलाई पनि निवेदन गर्दछु, अदालतहरुले धरौटीमा छाडिसकेपछि संसदबाट रवि लामिछानेको निलम्बन कति संवैधानिक र न्यायपूर्ण छ?,’ उनले भने, ‘राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट सम्पत्ति शुद्धीकरणको आरोप लाग्ने र त्यसबाट सांसद पद निलम्बन हुने हो भने भोलि यसको कुन तहसम्मको दुरुपयोग हुनसक्छ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad