समाज


राइस कुकर बनाउन बोलाएर हनी ट्रयापमा पारेको आरोपमा युवती पक्राउ

राइस कुकर बनाउन बोलाएर हनी ट्रयापमा पारेको आरोपमा युवती पक्राउ

नेपालखबर
माघ २४, २०८१ बिहिबार १५:४६, काठमाडौँ

हनी ट्रयापमा संलग्न रहको अभियोगमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।

चितवन रत्ननगर नगरपालिका ८ घर भई काठमाडौँ महानगरपालिका १३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्यलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

अस्मिताले आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रिक सामानहरू मर्मत गर्ने व्यक्तिलाई राइस कुकर बनाउन भन्दै पटक–पटक फोन गरेर बोलाएको तर पछि रकम माग गरेर नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु भनेर रकम असुलेको आरोप छ।

यदि रकम नदिए प्रहरी तथा परिवारमा समेत भनी दिन्छु भनी धाक धम्की, डर त्रास देखाई पीडितसँग रकम असुली गरेको प्रहरीको दाबी छ।

प्रहरीले टेकुबाट पक्राउ गरेर उनलाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad