राजनीति


कोरोना संक्रमितको उपचारका लागि सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई खटाइने

कोरोना संक्रमितको उपचारका लागि सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई खटाइने

नेपालखबर
चैत ९, २०७६ आइतबार १०:४०,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई कोरोना संक्रमितको उपचारमा खटाउने निर्णय गरेको छ।

मन्त्रालयमा आइतबार बसेको बैठकले कोरोना संक्रमित भेटिए त्यसको जनशक्ति व्यवस्थापनका लागि विभिन्न प्रदेशअन्तर्गत कार्यरत मेडिकल अधिकृत (एमबीबीएस वा सो सरह), वरिष्ठ चिकित्सक (एमडी, एमएस) मेडिकल कलेजहरुमा नेपाल सरकारको छात्रवृत्तिमा अध्ययरत एमडी, एमएसका विद्यार्थीहरुलाई कोरोना रोगको रोकथाम तथा नियन्त्रणमा परिचालन गर्न प्रदेशहरुलाई पत्र पठाएको हो।

सातै प्रदेशलाई सम्बोधन गरिएको पत्रको एक नम्बर बुँदामा नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरी अध्ययन पश्चात कार्यरत मेडिकल अधिकृत (एबीबीएस) खटाएका निकायमा न्यूनतम सेवा प्रवाह नरोकिने गरी कोरोनाको रोकथाम तथा नियन्त्रणमा आवश्यकता अनुसार प्रदेशबाटै परिचालन गर्न अनुरोध गरिएको छ।

यस्तै दुई नम्बर बुँदामा सरकारको छात्रवृत्तिमा अध्ययन गरी कार्यरत वरिष्ठ चिकित्सकहरु खटाएको निकायमा न्यूनतम सेवा प्रवाह गरी कोरोनाको रोकथाम तथा नियन्त्रणमा आवश्यकता अनुसार परिचालन गर्नु अनुरोध गरिएको छ।

यस्तै मेडिकल कलेजमा सरकारी छात्रवृत्तिमा एमबीबीएस तथा एमडी पढिरहेकाहरुलाई परिचालन गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad