राजनीति


निलम्बन फुकुवा गर्न सभामुखसमक्ष रविको माग (निवेदनसहित)

निलम्बन फुकुवा गर्न सभामुखसमक्ष रविको माग (निवेदनसहित)

नेपालखबर
माघ १८, २०८१ शुक्रबार १२:३६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद पदबाट गरिएको निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेसमक्ष माग गरेका छन्। 

सभामुख घिमिरेसँग शुक्रबार उनकै कार्यकक्षमा पुगेर उनले निलम्बन फुकुवाका लागि निवेदन दिएका हुन्।

उनले कास्की, काठमाडौँ र रुपन्देही जिल्ला अदालतले धरौटीमा रिहा गरेको र फौजदारी कसुरमा दोषी ठहर नभइसकेको भन्दै सांसद पदबाट निलम्बन गर्न नहुने तर्क गरेका छन्।

‘म निवेदक चितवन जिल्ला क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सदस्य हुँ। म निवेदकलाई फौजदारी कसुरको अनुसन्धानको क्रममा मिति २०८१/७/०२ गते पक्राउ गरिएको भन्ने सूचना नेपालको संविधानको धारा १०३ को उपधारा (६) बमोजिम जिल्ला प्रहरी कार्यालय कास्की, अपराध अनुसनधान तथा कारबाही शाखाले सम्माननीय सभामुखज्यूलाई लेखी आएको भन्ने आधारमा प्रतिनिधि सभा नियमावली २०७१ को नियम २४८ को उपनियम (२) को प्रयोजनको लागि संघीय संसद् (प्रतिनिधि सभाबाट) मिति २०८१/०७/० ३ गते सूचना प्रकाशित गरिएकोमा पुनः मिति २०८१/०९/०८ मा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ को कानुनी व्यवस्थाको लागि भनी सूचना प्रकाशित गरिएको व्यहोरा यहाँलाई अवगत नै छ,’ उनले निवेदनमा लेखेका छन्, ‘म निवेदकउपर उक्त बमोजिमको फौजदारी कसुरको अनुसन्धान भई देहाय बमोजिमका अदालतहरूमा देहाय बमोजिमको अभियोग (मुद्दा) दायर भई सम्मानित अदालतहरूका देहाय बमोजिमको आदेश भई हाल म निवेदक थुनामुक्त भएको व्यहोरासमेत सम्माननीय सभामुखज्यूलाई अवगत गराउँदछु।’

पुस २५ गते कास्की जिल्ला अदालतले रविसँग सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा ६५ करोड रूपैयाँ धरौटी माग गरेको थियो। त्यस्तै माघ २ गते काठमाडौँ जिल्ला अदालतमा उनले ६० लाख बुझाउनुपरेको थियो भने रूपन्देही जिल्ला अदालतमा १ करोड धरौटी बुझाएका थिए। 

हेर्नुहोस् पूरा निवेदन:

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad